इटहरी ।
कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो रिटेल सञ्जाल विस्तार गर्दै सुनसरीको इटहरी–हल्गडामा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ।
ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यमा सञ्चालनमा आएको शोरूमको औपचारिक उद्घाटन बुधबार एक समारोहबीच गरिएको हो। उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा गरेका थिए।
कम्पनीका अनुसार आधुनिक र ग्राहकमैत्री अवधारणामा तयार गरिएको शोरूममार्फत स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरलाई विश्वस्तरीय फ्लोर तथा वाल टायल्सका विभिन्न डिजाइन र विकल्प सहज रूपमा उपलब्ध गराइनेछ। ग्राहकले शोरूममै विभिन्न टायल्सको डिजाइन, बनावट र फिनिसिङ प्रत्यक्ष अवलोकन गरी आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधिले ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यले इटहरी तथा आसपासका तीव्र रूपमा विकास भइरहेका क्षेत्रमा उच्च गुणस्तरीय टायलिङ समाधान उपलब्ध गराउने प्रतिबद्धतालाई थप मजबुत बनाएको बताए।
कम्पनीले हाल शोरूम सर्वसाधारणका लागि खुला गरिएको जानकारी दिँदै इटहरी तथा आसपासका उपभोक्तालाई नयाँ उत्पादन र डिजाइन अवलोकन गर्न आग्रह गरेको छ।
कजारिया रमेश टायल्स लिमिटेडले नेपालमा उन्नत प्रविधिमा आधारित टायल उत्पादन गर्दै आएको छ। कम्पनीका अनुसार हाल नेपालभर १०० भन्दा बढी शोरूममार्फत सेवा विस्तार गरिएको छ। कम्पनीले फ्लोर तथा वाल टायल्सका तीन हजारभन्दा बढी आधुनिक डिजाइन बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ।
कम्पनीले गुणस्तरीय तथा दिगो उत्पादनमार्फत नेपाली टायल बजारमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै आएको पनि जनाएको छ।











प्रतिक्रिया