काठमाडौं।
प्रधानमन्त्री तथा सम्बन्धित स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति बालेन्द्र शाहले देशका छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा छ जना चिकित्सकलाई नियुक्त गरेका छन्।
स्रोतका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपतिमा डा. विवेक आचार्य नियुक्त भएका छन्। त्यसैगरी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान मा डा. नविसमानसिंह प्रधान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा डा। अजयकुमार मिश्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मा डा। नारायणसिंह गुरुङ, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा डा. स्मृति कार्की तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा डा। सूर्यमान म्याहाङम्बो उपकुलपतिमा नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उपकुलपति छनोट प्रक्रियाअन्तर्गत छवटै प्रतिष्ठानका लागि आवेदन आह्वान गर्दा प्रारम्भिक चरणमा ११३ जनाको आवेदन परेको थियो। आवश्यक योग्यता र मापदण्डका आधारमा ८६ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरिएको थियो। त्यसपछि प्रत्येक प्रतिष्ठानका लागि सात–सात जनाको नाम अन्तर्वार्ताका लागि छनोट गरिएको थियो।
सोही छनोट प्रक्रियापछि प्रधानमन्त्री शाहले अन्तिम निर्णय गर्दै छ जना चिकित्सकलाई उपकुलपतिमा नियुक्त गरेका हुन्। नवनियुक्त उपकुलपतिहरू नियुक्तिपत्र बुझ्ने तयारीमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय पुगिसकेका छन्।
लामो समयदेखि नेतृत्वविहीन रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा नयाँ उपकुलपति नियुक्त भएसँगै शैक्षिक, प्राज्ञिक, स्वास्थ्य सेवा तथा प्रशासनिक गतिविधिले गति लिने अपेक्षा गरिएको छ।











प्रतिक्रिया