करेन्ट लागेर विद्युत् प्राधिकरणका कर्मचारीको मृत्यु

0
Shares

उदयपुर । 

उदयपुरको बेलका नगरपालिका ९ रामपुरमा बुधवार मिटर बक्सको तार जोड्नेक्रममा विद्युत् कर्मचारीको करेन्ट लागेर ज्यान भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार असार २४ गते बिहान करिब १०ः३० बजे बेलका नगरपालिका वडा नं ९ स्थित रामपुर नगर अस्पताल नजिकै विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा नेपाल विद्युत् प्राधिकरण रामपुरमा कार्यरत ४० वर्षका मिलन राईको करेन्ट लागेर मृत्यु भएको छ । 

करेन्ट लागेर करिब ४ मिटर माथिबाट तल भुँइमा खसेर गम्भीर घाइते भएका उनलाई तत्काल रामपुर नगर अस्पताल लगी सामान्य उपचार पश्चात् थप उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल रिफर गरिएकोमा आजै बुधवार दिउँसो १२ः०५ बजे सोही अस्पतालका चिकित्सकले उपचारको क्रममा मृत्यु भएको घोषणा गरेका हुन् । उक्त घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीद्वारा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।