काठमाडौँ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग गरेको छ।
बैंकको बढैयाताल शाखामार्फत विद्यालयलाई ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, विद्यालय झोला तथा आवश्यक सफ्टवेयरसहितको कम्प्युटरलगायत शैक्षिक सामग्री उपलब्ध गराइएको हो।
वि.सं. २०४५ मा स्थापना भएको उक्त सामुदायिक विद्यालयमा करिब एक हजार २०० विद्यार्थी अध्ययनरत छन्। तीमध्ये २० जना दृष्टिविहीन विद्यार्थीले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन्। आवश्यक शैक्षिक सामग्रीको अभावका कारण उनीहरूको अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै सहयोग गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा, सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।
सिटिजन्स बैंकले हाल देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ४२ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।











प्रतिक्रिया