प्रिया बापट सहकलाकारको व्यवहारले पीडित


भारतीय अभिनेत्री प्रिया बापटले आफ्नो अभिनय यात्राको सुरुआती चरणमा भोग्नुपरेको एक असहज अनुभव सार्वजनिक गरेकी छन्। हालै एक अन्तर्वार्तामा उनले एक फिल्मको छायांकनका क्रममा सह–कलाकारबाट अनावश्यक व्यवहारको सामना गर्नुपरेको खुलाएकी हुन्।

मुन्ना भाइ एमबीबीएस र सिटी अफ ड्रीम्सजस्ता चर्चित परियोजनामा अभिनय गरिसकेकी बापटले फिल्मफेयरसंगको कुराकानीमा आफ्नो करियरको सुरुआती दिन सम्झिदै फिल्मको कथामा आवश्यक नभएको चुम्बन दृश्यका विषयमा सुरुदेखि नै आफू सशंकित रहेको खुलाएकी छन्।

उनका अनुसार पटकथामा समावेश गरिएको उक्त दृश्य किन आवश्यक थियो भन्ने विषयमा उनले निर्देशकसंग पटक–पटक प्रश्न गरेकी थिइन्। यद्यपि निर्माण पक्षको आग्रहपछि अन्ततः उनले उक्त दृश्य गर्न सहमति जनाएकी थिइन्।

बापटले छायांकनका क्रममा सहकलाकारले पटक–पटक रिटेकको बहाना बनाउ“दै चुम्बन दृश्यको सुटिङ दोहो¥याई दोहो¥र्या गर्दै आफूलाई असहज बनाएको आरोप लगाएकी छन्। उनले त्यतिबेला यस्तो परिस्थितिको सामना कसरी गर्ने भन्नेबारे स्पष्ट नहुँदा तत्काल प्रतिक्रिया जनाउन नसकेको पनि बताइन्।
अभिनेत्रीका अनुसार छायांकन अवधिमा एउटै होटलमा बसाइ हुँदा ती सह–कलाकारले लगातार सन्देश पठाएर भेटघाट, डिनर तथा अन्य व्यक्तिगत गतिविधिका लागि आग्रह गर्ने गरेका थिए। आफूले त्यस्ता प्रस्तावप्रति कुनै रुचि नरहेको स्पष्ट रूपमा बताएको उनले उल्लेख गरेकी छन्।

बापटले उक्त घटनालाई आप्mनो जीवनको अप्रिय अनुभवका रूपमा स्मरण गर्दै यस्ता व्यवहार कुनै पनि कलाकारले सामना गर्न नपरोस् भन्ने अपेक्षा व्यक्त गरेकी छन्।