नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापासहित सात जनाले पाए सफाइ


काठमाडौं।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सात जनाले अदालतबाट सफाइ पाएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले बुधबार फैसला सुनाउँदै रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकीलाई आरोपबाट सफाइ दिएको हो।

सफाइ पाउनेमध्ये सन्दीप रायमाझी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् भने प्रतीक थापा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा हुन्।

यस्तै, सोही प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई भने अदालतले राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ।

अदालतले अन्य अभियुक्तहरूको हकमा समेत फैसला सुनाएको छ भने विस्तृत फैसला पछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।