आर्थिक अनुशासन र पारदर्शितालाई कडाइकासाथ पालना गरिने


काठमाडौँ। 

सशस्त्र प्रहरी बल नेपालले आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ पालना गर्ने नीति लिएको छ । संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको मर्म र आर्थिक अनुशासन विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्मम ढंगले कारवाही गरिने तथा कानुन बमोजिम सजायको भागिदार हुने प्रतिबद्धता व्यक्त गरेका छन्  ।

हालै नेपाल एपीएफ स्कुल कीर्तिपुरमा भएको आर्थिक अनिमियताबारे प्रधान कार्यालयले कडा रुपमा प्रस्तुत भएको हो । सो अनिमियताबारे नेपाल एपीएफ स्कुल कीर्तिपुरबाट सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी कोष आउनु पर्ने रकम नआएको थाहा पाएपछि प्रधान कार्यालयले तत्कालै आर्थिक अनिमियतता गर्ने कर्मचारीमाथि छानबिन सुरु गरेको थियो ।

प्रधान कार्यालयले उक्त छानबिन प्रकरणमा आर्थिक अनिमियतता भएको आशंका भएपछि सो अनिमियतबारे थप अनुसन्धान लागि नेपाल प्रहरीलाई अनुरोध गरेको हो ।ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा  सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङलाई समेत  बैशाख  २० गते  बाट लागु हुने गरी पहिलो पटक दिन ७ (सात) को म्याद  थप भई अनुसन्धान गर्ने कार्य भइरहेको छ ।

नेपाल एपीएफ स्कुलको यस विषयमा सूचना प्राप्त तथा आशंका हुनासाथ सशस्त्र प्रहरी बल नेपालकै सक्रियता र पहलतामा उक्त  छानबिन अनुसन्धान प्रक्रिया अगाडी बढाईएको थियो । पछिल्लो समय सशस्त्र प्रहरी बल नेपालले  संगठन भित्रको आर्थिक अनुशासन पारदर्शिता कायम गर्न शुन्य सहनशीलताको नीति समेत अवलम्बन गरेको छ ।