विपद्सम्बन्धी सूचना दिन टोल फ्रि नम्बर ११४९ मा फोन गर्न मिल्ने 

0
Shares

बझाङ। 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी ११४९ मा फोन गरी सूचना टिपाउन सकिने बताइएको छ । गाउँ घरमा बिपद्का घटना घट्ने बित्तिकै २४ घण्टा जिल्ला प्रशासन कार्यालय बझाङमा बिपदका घट्ना संकलन गर्ने सूचना अधिकारी राखिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बझाङमा पनि पूर्व तैयारी भैरहेकाे छ । 

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीकाे अध्यक्षतामा संचालन भएकाे जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्प प्रभावित निजी आवासको पुनर्निर्माण तथा प्रवलीकरण कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाउने निर्णय गरेको छ। बझाङजिल्लामा बिगतमा भएकाे विपद् लाई सम्झिदै त्यहि अनुसारको सबै सराेकारवालाहरूले पूर्व तैयारी गर्न र रहन बैठ्कमा समीक्षा गरिएको थियाे ।  बैठकमा यसअघि भएका निर्णयहरूको समीक्षा तथा विश्लेषण गर्दै डोटी र बझाङ भूकम्पबाट क्षति पुगेका निजी आवासका सम्बन्धमा स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थलगत निरीक्षण गरी पहिचान भएका थप १०६ परिवारलाई पुनर्निर्माण र २५ परिवारलाई प्रवलीकरण कार्यक्रममा समावेश गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबार काठमाडौंमा लेखी पठाउने निर्णय गरिएको छ।

डाेटी र बझाङ मा आएको भुकम्पबाट क्षति भएका निजी आवासहरु मध्य हाल सम्म जिल्ला बिपद व्यबस्थापन समितिबाट  २ हजार ४ सय १७ जना लाभग्राही कायम भएकोमा  राष्ट्रिय बिपद जोखिम न्यूनीकरण तथा व्यबस्थापन प्राधिकरण काठमाडौबाट बिभिन्न मितिमा ६ करोड, ५६ लाख, ६९ हजार ५०० बजेट प्राप्त भएकोले वाकी लाभग्राहीको लागि आवश्यक अनुदान रकम उपलब्ध गराउन प्राधिकरण सँग अनुरोध गरिएको छ । 

बैठ्कले गृह मन्त्रालय, विपद् पूर्वतयारी तथा प्रतिकार्य महाशाखाबाट प्राप्त निर्देशनअनुसार विपद् खोज तथा उद्धार सामग्री खरिद प्रक्रिया अघि बढाउने निर्णय समेत उक्त बैठ्कले गरेको छ। यस्तै बैठकले मनसुन सक्रिय भएकाले  सम्भावित बाढी, पहिरो, डुबान लगायतका विपद् हुन सक्ने क्षेत्र,समुदाय,स्थानकाे मुल्यांकन गरी क्षति न्यूनीकरण गर्न उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। 

बैठकले मौसम सम्बन्धी पूर्वानुमानको निरन्तर निगरानी, उच्च जोखिमयुक्त क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सार्ने तयारी, खोज तथा उद्धार सामग्री र जनशक्तिलाई तयारी अवस्थामा राख्ने, सडक, पुल तथा नदी तटीय क्षेत्रको नियमित अनुगमन गर्ने तथा विपद्सम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। उक्त बैठकमा १२ वटै पालिकाका जनप्रतिनिधि,राजनीतिक दल,सुरक्षा निकाय,पत्रकार लगायत सराेकारवाला निकायहरूकाे उपस्थितिमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरिएको छ । 

त्यस्तै, विपद्सम्बन्धी सूचना, गुनासा तथा सुझावका लागि सञ्चालनमा रहेको टोल फ्रि नम्बर ११४९ लाई प्रभावकारी रूपमा सञ्चालन गर्दै सर्वसाधारणलाई समयमै सूचना उपलब्ध गराउन ब्यावस्था मिलाएको छ ।