
फिफाले अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लगाइएको एक खेलको ‘रेड कार्ड’ प्रतिबन्ध एक वर्षको परीक्षण (प्रोबेसन) अवधिका लागि स्थगित गरेको छ। यस निर्णयसँगै उनी बेल्जियमविरुद्ध हुने विश्वकपको अन्तिम–१६ (राउन्ड अफ १६) को खेल खेल्न योग्य भएका छन्। प्रत्यक्ष रूपमा ह्वाइट हाउस र फिफा नेतृत्वबीच भएको संवादपछि आएको यो अभूतपूर्व निर्णयले विश्व फुटबलमा व्यापक चर्चा र तरंग पैदा गरेको छ।स्रोतहरूका अनुसार उक्त निर्णय गराउन र प्रतिबन्ध फुकुवा सुनिश्चित गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा नेतृत्वसँग तीन पटक टेलिफोन संवाद गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘रेड कार्ड’ प्रतिबन्ध स्थगित गरेकोमा फिफाप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “सही निर्णय गरेकोमा र ठूलो अन्याय सच्याएकोमा फिफालाई धन्यवाद!”











प्रतिक्रिया