काठमाडौँ।
आईसीसी महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ ।
इंग्ल्याण्डकाे लड्र्समा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले ७ औँ पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो । इङ्ल्यान्डले दिएको १ सय ५१ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर १ बलमै ३ विकेट गुमाएर पूरा गरेको थियो ।
अष्ट्रेलियाका लागि मुनीले ६४ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलेकी हुन् । लिचफिल्डले ३५ बलमा ४८ रन बनाएकी थिइन् । त्यसअघि अष्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाएको हाे ।
कप्तान न्याट साइभर–ब्रन्ट ५८ रनमा अविजित रहिन् । फ्रेया केम्पले अविजित ४४ रन जोडेकाे हुन् । लुसी ह्यामिल्टनले ४ ओभरमा १९ रन मात्र खर्चिएर १ विकेट लिएकी छन् ।











प्रतिक्रिया