उदयपुर ।
उदयपुरको उदयपुरगढी गाउँपालिका वडा नं ७ मदनभण्डारी लोकमार्गको फुस्रे भन्ने ठाउँमा बिहीबार विपरीत दिशाबाट आइरहेको दुई सवारी ठोकिएर दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार बिहबिार दिउसो २ः४५ बजे उदयपुरगढी गाँउपालिका वडा नं ०७ फुस्रे स्थित मदन भण्डारी लोकमार्गमा गाईघाटबाट कटारीतर्फ जाँदै गरेको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।
सो दुर्घटनामा परेर मोटरसाईकल चालक उदयपुरगढी गाँउपालिका वडा नं ३ बस्ने वर्ष २८ को एम बहादुर बि.क घाइते भई जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर स्थित सुविधा सम्पन्न अस्पताल रेफर भएका छन् ।
सोही मोटरसाईकलको पछाडी सवार निजकै श्रीमती वर्ष २८ की एमुना बि.क. गम्भीर घाइते भई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएकोमा ऐ। ३ः४० बजे सोही अस्पतालका चिकित्सकले मृत घोषणा गरेका छन् ।
घटनास्थलमा अस्थाई प्रहरी पोष्ट नेपालटार र चुहाडेबाट खटिएको प्रहरी टोलीले ट्रक चालक जिल्ला सप्तरी सुरुङगा नगरपालिका वडा नं १ बस्ने बर्ष ४४ को एक बहादुर खड्का नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया