काठमाडौँ।
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। बिहीबार विशेष अदालत, काठमाडौँले पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो।
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि बिहीबार अदालतमा पेस गरेको थियो। विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विभागले पौडेलविरुद्ध अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया