देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना


काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भएको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई तथा विभिन्न पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा तराईका विभिन्न भागमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।