काठमाडौं ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बैठकका विभिन्न समयमा सांसदहरूले उठाएका प्रश्न र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीहरूले सदनमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
बुधबारको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले आकस्मिक, शून्य, विशेष तथा प्रादेशिक सरोकार समयमा उठाइएका विषयको समयमै जवाफ दिन सबै सम्बन्धित मन्त्रीहरूलाई निर्देशन दिएका हुन्। सांसदहरूले उठाएका विषयमा सरकारबाट समयमै प्रतिक्रिया नआएको गुनासो बढेपछि अध्यक्षले यस्तो निर्देशन दिएका हुन्।











प्रतिक्रिया