ठूला नदी सामान्य, ससाना खोलामा बाढीको चेतावनी


काठमाडौँ ।

देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहे पनि विभिन्न जिल्लाका ससाना नदी तथा खोलामा आगामी तीन दिनसम्म आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको छ।

बाढी पूर्वानुमान महाशाखाले विशेषगरी नदी तटीय क्षेत्र र ससाना खोला आसपास बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।