काठमाडौँ।
नबिल बैंक लिमिटेड तीन प्रतिष्ठित बैंकिङ अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड प्रदान गरेको हो।

साथै, पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’तर्फ पनि बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ। आर्थिक वर्ष २०२५ को वार्षिक प्रतिवेदनका आधारमा वित्तीय पारदर्शिता, सुशासन, जवाफदेहिता र दीगोपनालाई मूल्याङ्कन गरी बैंकलाई सम्मान गरिएको आइक्यानले जनाएको छ।
समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीप बाबु पौडेलले अवार्ड ग्रहण गरेका थिए।











प्रतिक्रिया