सिटिजन्स बैंकका ग्राहकलाई जय नेपाल सिनेमाजमा १०% छुट


काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज, दरबारमार्गबीच बैंकका ग्राहकलाई चलचित्रको टिकट खरिदमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले जय नेपाल सिनेमाजमा चलचित्रको टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्। बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै डिजिटल भुक्तानीलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहकमैत्री सुविधामार्फत नगदरहित कारोबारलाई प्रवर्द्धन गर्दै आएको जनाएको छ।