ललितपुर ।
उच्च अदालत पाटनमा कार्यरत उपरजिस्ट्रार डिल्लीप्रसाद पराजुलीको मंगलबार बिहान निधन भएको छ। उहाँको निधनप्रति शोक व्यक्त गर्दै अदालतले आजका लागि तय भएका सबै मुद्दाको सुनुवाइ स्थगित गरेको छ।
अदालतले सूचना जारी गरी अदालत परिवार शोकमा रहेकाले आजका सम्पूर्ण इजलासबाट हुने सुनुवाइ स्थगित गरिएको जनाएको छ। साथै, स्वर्गीय पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्बन्धित सबै पक्षलाई सुनुवाइ स्थगित भएको जानकारी गराएको छ।











प्रतिक्रिया