सामाजिक कथामा निर्मित फिल्म लालीबजारले रिलिजको ५१ औँ दिन पूरा गरेको छ।
गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्मले शनिवार देशका विभिन्न हलमा ५१ औँ दिन मनाउँदै सफल प्रदर्शनलाई निरन्तरता दिएको हो।
फिल्म अहिले क्युएफएक्सअन्तर्गत भक्तपुर, सिभिल मल र सिटी स्क्वायरका हलसँगै कमलपोखरीको बिग मुभिज, सुन्धाराको सीडीसी सिनेमाज, सीतापाइलाको सिके सिनेमाज, न्यूरोडको रञ्जना सिनेप्लेक्स, बुटवल र इलामस्थित फ्रेन्ड्स सिनेमाज तथा नेपालगञ्जको सिने रोयलमा प्रदर्शनरत छ।
प्रदर्शनको ५१ औँ दिनको अवसरमा फिल्मका कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई निर्माण टिमसहित विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। दर्शकबाट प्राप्त माया र साथप्रति आभार व्यक्त गर्दै उनले षट्कोण आट्र्सका अघिल्ला फिल्म झैँ यसपटक पनि दर्शकले विश्वास र साथ दिएको बताए। उनका अनुसार लालीबजारको अन्तर्राष्ट्रिय प्रदर्शनसमेत सुरु भइसकेको छ। नेपालमा सफल प्रदर्शन गरिरहेको फिल्म युरोपका विभिन्न देशमा प्रदर्शन भइरहेको जानकारी दिँदै उनले क्रमशः जापान, अस्ट्रेलिया र अमेरिकामा पनि प्रदर्शन गरिने बताए।
यस वर्ष प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये लालीबजार व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्ममध्ये एक बनेको दाबी निर्माण पक्षको छ। घरेलु बक्स अफिसमा फिल्मले ९ करोड रुपैया“भन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ भने यसको व्यापार १० करोड क्लबतर्फ उन्मुख छ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानिया“, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरीलगायत कलाकारको अभिनय रहेको छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।











प्रतिक्रिया