रोपाइँमा रमायो किसानको कथा बोकेको हली टिम


आगामी साउन २२ गतेबाट रिलिजमा आउने फिल्म हलीको निर्माण टिमले राष्ट्रिय धान दिवसको अवसर पारेर सोमबार ललितपुरको सुनाकोठीमा सामूहिक रूपमा धान रोप्दै किसानप्रति सम्मान व्यक्त गरेको छ।

रोपाइँ कार्यक्रममा फिल्मका अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी, निर्माता पूजा गुरुङ, जस्मिन श्रेष्ठलगायत कलाकार तथा निर्माण टिमका सदस्य सहभागी थिए। हिलोमा उत्रिएर धान रोपेपछि उनीहरूले किसानको श्रम र योगदानप्रति सम्मान व्यक्त गरेका थिए। निर्माताद्वय पूजा गुरुङ र जस्मिन श्रेष्ठले फिल्म नै किसानको जीवनमा आधारित भएकाले असार १५ लाई विशेष रूपमा मनाउ“दै सम्पूर्ण टिम रोपाइमा सहभागी भएको बताए।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्स्को सहकार्यमा निर्माण भएको फिल्ममा ओम प्रतीकको लेखन र निर्देशन रहेको छ। प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउ“ले, विशाल पहाडी, निर्देशक ओम प्रतीकलगायतले अभिनय गरेको फिल्मको गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मालाई पनि देखिनेछ।