साहित्यिक संस्था अन्तर–विधाको छैटौँ बसाइमा लेखक तथा पत्रकार हिक्मत डंगोलको उपन्यास ‘बदलिएको आकाश’ विमोचन गरिएको छ। कार्यक्रममा साहित्यकार अञ्जु मैनाली, वरिष्ठ पत्रकार कपिल काफ्ले र साहित्यकार ओमशंकर श्रेष्ठले उपन्यासको विषयवस्तु, प्रवासी नेपालीको जीवन, सामाजिक यथार्थ तथा लेखकको दृष्टिकोणबारे समीक्षा प्रस्तुत गरेका थिए।
अन्तरक्रियामा सहभागीहरूले उपन्यासका विभिन्न पक्षबारे जिज्ञासा राखेका थिए। लेखक डंगोलले आफ्ना केही अनुभवसँगै अन्य पात्रहरूको जीवनलाई पनि उपन्यासमा समेटिएको बताउँदै मूलतः दुःखान्त कथालाई पाठकको संवेदनशीलतालाई ध्यानमा राखी सुखान्त बनाइएको र डायस्पोराका नेपालीको जीवनलाई फरक दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरिएको बताए। कार्यक्रममा तीन सर्जकलाई अभिनन्दनसमेत गरिएको थियो।











प्रतिक्रिया