काठमाडौं ।
बिलउड फिल्म ‘रिभल्भर रानी’ मा अभिनेता वीर दास र अभिनेत्री कंगना रनौतबीचको किसिङ दृश्यलाई लिएर फेरि एकपटक विवाद चर्किएको छ। एक भारितय पत्रकारले पोडकास्टमा कंगनाले दृश्य सकिएपछि पनि वीर दासलाई चुम्बन गर्दा उनको ओठमा चोट लागेर रगत बगेको दाबी गरेपछि विषय चर्चामा आएको हो।
तर वीर दासले उक्त दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले यो कथा पूर्ण रूपमा मनगढन्ते भएको बताएका छन्। उनले कंगना अत्यन्तै व्यावसायिक कलाकार भएको उल्लेख गर्दै यस्तो दाबीले उनको बदनाम गर्ने काम मात्र गरेको बताए।
वीर दासले रिभल्भर रानीको छायांकनका क्रममा कुनै समस्या नभएको स्पष्ट पार्दै आफू आज पनि कंगनालाई उत्कृष्ट कलाकार मान्ने बताएका छन्।
वीरको प्रतिक्रियापछि कंगना रनौत पनि मौन बसिनन्। उनले एक्समार्फत पत्रकारमाथि व्यंग्य गर्दै यस्तो आरोपलाई हास्यास्पद भनेकी छन्। कंगनाले वीर दासलाई सत्य स्पष्ट पारेकोमा धन्यवाद दिँदै आफूहरूलाई प्रयोग गरेर काल्पनिक यौन कल्पना पूरा गर्न खोजिएको आरोपसमेत लगाएकी छन्।
यो विवादको सुरुवात पत्रकार सिमी चन्डोकले सिदार्थ कन्ननको पोडकास्टमा गरेको दाबीबाट भएको हो। उनले रिभल्भर रानीको किसिङ दृश्यमा कंगना पात्रमा यति धेरै डुबेको दाबी गरिन् कि निर्देशकले कट भनेपछि पनि किस जारी राखेकी थिइन्।
उल्लेखनीय कुरा के छ भने यस्तै हल्ला यसअघि पनि २०२३ मा फैलिएको थियो। त्यसबेला पनि कंगनाले यसलाई आधारहीन अफवाह भन्दै मजाकिया शैलीमा खारेज गरेकी थिइन्।











प्रतिक्रिया