काठमाडौं ।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ । आइतवार बसेको संसद् बैठकमा उक्त विधेयक पारित गरियोस् भन्ने अर्थमन्त्री डा स्वर्णिम वाग्लेको प्रस्ताव बहुमतले पारित भएको हो ।
त्यसअघि उक्त विधेयकमाथि प्राप्त संशोधनमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दि“दै मन्त्री वाग्लेले बजेट कार्यान्वयनमा सरकारले विशेष जोड दिने भन्दै पु“जीगत खर्च कम हुने अवस्थाको अन्त्य आगामी आर्थिक वर्षबाट हुने धारणा राख्नुभएको थियो ।
उहाले सरकारले लगाएको करले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पार्दै अर्थतन्त्र सुधारका लागि महत्वकांक्षी बजेट ल्याएकाले आगामी वर्षदेखि त्यसको सकारात्मक असर देखिने बताउनुभयो । अर्थमन्त्री वाग्लेले भ्याटको बहुदरका विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने र त्यसको सिफारिसका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी दिनुभयो ।
उहाले बजेट खर्च मुलुककै आन्तरिक स्रोतबाट व्यवस्थापन गरिने भन्दै केही कारणले राजस्व संकलनमा समस्या भए आपतकालिन व्यवस्था हुनसक्ने बताउनुभयो । उहा“ले राइड सेयरिङको कारोवार अरबौँंमा रहेकाले उनीहरूलाई पनि करको दायरामा ल्याउने गरी सरकारले आवश्यक नीति बनाउन खोजिएको जानकारी दिनुभयो । आर्थिक विधेयकमाथि आएका केही संशोधन फिर्ता भएका छन् भने अन्य संशोधन प्रस्ताव अस्वीकृत भएको छ । त्यस्तै केही संशोधन प्रस्तावलाई स्वीकार गरिएको छ ।
यसैबीच सरकारले ल्याएका ४ अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएका छन् ।
आइतवारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ पेस भएका हुन् ।











प्रतिक्रिया