नेपालमा नयाँ TVS Apache RTR 160 4V सार्वजनिक

मूल्य रु. ४ लाख २९ हजार ९ सय


काठमाडौं ।

TVS मोटर कम्पनीले नेपालमा आफ्नो नयाँ TVS Apache RTR 160 4V मोटरसाइकल सार्वजनिक गरेको छ। काठमाडौंको सतुंगलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको यो मोटरसाइकल १६० सीसी सेग्मेन्टमा प्रोजेक्टर हेडल्याम्प, ३७ एमएम USD सस्पेन्सन, ५ इन्च TFT डिस्प्ले, ड्युअल-च्यानल ABS तथा स्पोर्ट, अर्बन र रेन गरी तीनवटा राइडिङ मोडजस्ता आधुनिक सुविधासहित आएको कम्पनीले जनाएको छ।

१५९.७ सीसी इन्जिन रहेको यस मोटरसाइकलले स्पोर्ट मोडमा १७.५५ पीएससम्म शक्ति उत्पादन गर्ने क्षमता राख्छ। कम्पनीका अनुसार नयाँ मोडलले रेसिङबाट प्रेरित प्रविधि, उच्च प्रदर्शन र सुरक्षित राइडिङ अनुभव प्रदान गर्नेछ।

नेपालका लागि TVS को आधिकारिक वितरक जगदम्बा मोटर्सका अनुसार मोटरसाइकल म्याट ब्ल्याक, रेसिङ रेड र मरिन ब्लु रङमा उपलब्ध हुनेछ। यसको एक्स–शोरूम मूल्य रु. ४ लाख २९ हजार ९ सय तोकिएको छ भने जुलाई २०२६ भित्र देशभरका डिलरमार्फत बिक्री सुरु गरिने जनाएको छ।