रौतहट ।
आर्थीक बर्ष सकिन दश दिन बाकी रहदा गरुडा नगरपालिकाको खाता संचालन हुन सकेको छैन । नगर प्रमुख कन्थमणी प्रसाद जैयसवाल र प्रमुख प्रशासकिय अधिकृत निलम न्यौपाने बीचको बीबादले खाता रोक्का भएपछि उपभोक्ता मर्कामा परेका छन भने नगरसभा समेत अनिश्चित बनेको छ । उता फतुवा बिजयपुर र कटहरिया नगरपालिकामा समेत बिबादका कारण नगरसभा अनिश्चित बनेको छ ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट नगर/गाउँसभामा प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था भए पनि ती तीन वटा नगरपालिकाको प्रमुख र प्रमुख प्रशासकिय अधिकृत बीच असमझदारी, आरोप–प्रत्यारोप र शक्ति संघर्षका कारण सभा रोकिएको हो । गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमणी प्रसाद जैयसवालको भनाई अनुसार प्रमुख प्रशासकिय अधिकृत न्यौपाने कार्यालयमा हाजिर भएदेखि कर्मचारी र जनप्रतिनिधिबीच गुट–उपगुट सिर्जना गरेको आरोप लगाउनु भयो उता प्रमुख प्रशासकिय अधिकृत निलम न्यौपानेले आफु कानुन भन्दा बाहिर नगएकाले समस्या आएको बताउनु भयो ।
उता कटहरिया नगरपालिकाका नगरप्रमुख अजयप्रकाशका अनुसार प्रमुख प्रशासकीय अधिकृत हरि पन्त गएको जेठ ४ गते हाजिर भएयता कार्यालय नै आउन छाडेकोले सभा गर्न कठिनाई भएको बताउनु भयो । फतुवा विजयपुर नगरपालिकामा कार्यवाहक नगरप्रमुख अम्बेया खातुन र प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद दाहाल बीच समेत बिबाद रहेको छ । विवादकै कारण नगरसभा अनिश्चित बनेको छ । खातुनले सम्पन्न भइसकेका योजनाको समेत भुक्तानी रोकिएको बताउनु भयो ।
फतुवा बिजयपुर नगरपालिका गत आर्थीक बर्षमा समेत समयमा नगरसभा हुन सकेको थिएन । नगरप्रमुख र प्रशासकिय अधिकृतले एक अर्का लाई दोषारोपण गरेर आफना नागरिक र नगरको बिकासको भबिष्य माथि खेलवाड गरेको आरोप स्थानीयको रहेको छ । नगरसभा हुन नसकेकोले तीनै पालिकाका प्रमुखले नया प्रमुख प्रशासकिय अधिकृतको माग गर्दै मन्त्रालय धाएपनि मन्त्रालयको समेत बेवास्ता रहेको छ ।











प्रतिक्रिया