काठमाडौं ।
हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडले शैलेश सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । कम्पनीको ४०औँ सञ्चालक समिति बैठकको निर्णयअनुसार सुवेदीलाई उक्त जिम्मेवारी दिइएको हो ।
कम्पनीका अनुसार सुवेदीले बिहीबार औपचारिक रूपमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको छ । पुँजी बजार, क्रेडिट रेटिङ, प्राइभेट इक्विटी, जोखिम मूल्यांकन तथा वित्तीय व्यवस्थापन क्षेत्रमा लामो अनुभव हासिल गरेका सुवेदी नेतृत्व क्षमता र व्यावसायिक दक्षताका लागि परिचित मानिन्छन् । कम्पनीले उहाँको नियुक्तिबाट संस्थागत विकास, सेवा विस्तार, सुशासन प्रवद्र्धन तथा लगानीकर्तामैत्री सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापन, निक्षेप सदस्य सेवा (डिपोजिटरी सेवा), सेयर रजिस्ट्रार सेवा लगायतका मर्चेन्ट बैंकिङ सेवामार्फत नेपालको पुँजी बजार विकासमा निरन्तर योगदान पु¥याउँदै आएको छ ।
कम्पनीले आगामी दिनमा अझ नवीन, विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्दै लगानीकर्ता, सेयरधनी तथा सरोकारवालाको विश्वास थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।
नवनियुक्त सीईओ सुवेदीको नेतृत्वमा कम्पनीले पुँजी बजारसँग सम्बन्धित सेवाहरूलाई थप प्रभावकारी, प्रविधिमैत्री र लगानीकर्ताकेन्द्रित बनाउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया