टिप टप न्यु डायमन्डलाई उपाधि


काठमाडौं, (नेस) ।

टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको उपाधि भिडन्तमा टिप टप न्यु डायमन्डले न्यु डायमन्ड एकेडेमीलाई २५–१६, २५–९ र २५–१० को सोझो सेटमा पराजित ग¥यो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गणेश हिमाल तेश्रो भयो । गणेश हिमालले सरस्वती मावि, हेलम्बुलाई सीधा सेटमा २५–१८, २५–१६ र २५–१३ ले हरायो । शीर्ष चार स्थानमा रहने टिमले क्रमशः

१ लाख, ५० हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितमा टिप टप न्यु डायमन्डकी निशा महर उत्कृष्ट खेलाडी घोषित भइन् । निशाले १० हजार नगद पुरस्कार हात पारिन् ।

न्यु डायमन्डका जेनिशा विश्वकर्मा स्पाइकरमा, सलिना गुरुङ ब्लकरमा, कुमार राई प्रशिक्षकमा, गृष्मा गुरुङ डिफेन्डरमा, नम्सार राना सेटरमा र एलिशा श्रेष्ठ सर्भरमा उत्कृष्ट बने । उत्कृष्ट सबैले जनही ५ हजार नगद पुरस्कार पाए ।