काठमाडौँ।
यस वर्ष गर्मीले अपेक्षाभन्दा चाँडै आफ्नो प्रभाव देखाउन थालेको छ। बढ्दो तापक्रम र गर्मीको लहर (हीटवेभ) का कारण शरीरमा पानीको कमी हुने, चक्कर लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, अत्यधिक थकान महसुस हुने तथा बान्ता हुने जस्ता समस्या देखिन सक्छन्। समयमै सावधानी नअपनाए यस्ता समस्या गम्भीर बन्न सक्छन्।
गर्मीको असरबाट बच्न पर्याप्त पानी पिउनुका साथै सही खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ। यस्ता केही खाद्य पदार्थ छन्, जसले शरीरलाई चिसो राख्नुका साथै डिहाइड्रेसनबाट पनि जोगाउन मद्दत गर्छन्।
खरबुजा र तरबुजा
गर्मी मौसममा पाइने खरबुजा र तरबुजामा पानीको मात्रा अत्यधिक हुन्छ। यी फलफूलले शरीरलाई आवश्यक तरल पदार्थ उपलब्ध गराउनुका साथै शीतलता प्रदान गर्छन्। बिहानको खाजा वा दिउँसोको समयमा एक कचौरा खरबुजा वा तरबुजा खानु लाभदायक हुन्छ।
दही
दही र गर्मीमा निकै उपयोगी खाद्य पदार्थ मानिन्छन्। दहीले पेटलाई चिसो राख्न मद्दत गर्छ भने शरीरको तापक्रम सन्तुलित राख्न सहयोग पुर्याउँछ। रायता, लस्सी वा साधारण दहीको सेवनले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ।
काँक्रो
काँक्रोमा प्रशस्त पानी पाइन्छ। यी हल्का, सजिलै पच्ने तथा शरीरलाई चिसो राख्ने खाद्य पदार्थ हुन्। सलादका रूपमा सेवन गर्दा शरीरलाई ताजगी मिल्नुका साथै छालाको स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ।
नरिवल पानी
नरिवल पानी प्राकृतिक इलेक्ट्रोलाइट्सको राम्रो स्रोत हो। यसले शरीरमा पानीको सन्तुलन कायम राख्नुका साथै ऊर्जा प्रदान गर्न मद्दत गर्छ। घामबाट फर्किएपछि वा बिहान सेवन गर्दा यसको लाभ अझ बढी प्राप्त गर्न सकिन्छ।
पुदिना र तुलसी
पुदिनाले शरीरलाई शीतलता प्रदान गर्छ। पुदिनाको चटनी, पुदिना मिसिएको पानी वा अन्य पेय पदार्थ गर्मीमा उपयोगी हुन्छन्। तुलसीका पातले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरलाई ताजगी प्रदान गर्छन्।
पर्याप्त पानी पगर्मी मौसममा स्वस्थ रहन सबैभन्दा महत्त्वपूर्ण कुरा शरीरलाई हाइड्रेटेड राख्नु हो। अत्यधिक पसिना बग्ने भएकाले शरीरबाट पानी छिट्टै बाहिरिन्छ। त्यसैले दिनभरि पर्याप्त मात्रामा पानी पिउनुपर्छ। आवश्यकता अनुसार कागती पानी, घरमै बनाएको सरबत वा अन्य प्राकृतिक पेय पदार्थ पनि सेवन गर्न सकिन्छ।
यी कुरामा पनि ध्यान दिनुहोस्
बासी तथा बाहिरको अस्वच्छ खाना खानबाट बच्नुहोस्।
अत्यधिक तारेका तथा चिल्लो खानेकुरा कम खानुहोस्।
धेरै चिसो पेय पदार्थ र सोडाको सेवन नगर्नुहोस्।
अत्यधिक मसलेदार खाना कम खानुहोस्।
रक्सी तथा धेरै क्याफिनयुक्त पेय पदार्थको सेवन सीमित गर्नुहोस्।











प्रतिक्रिया