काठमाडौँ।
हलिउड अभिनेत्री एनी ह्याथवे तेस्रो सन्तानको स्वागतको तयारीमा रहेकी छन्। ४३ वर्षीया अभिनेत्री आफ्नो व्यक्तिगत जीवन र परिवारमा ध्यान केन्द्रित गरिरहेकी छिन्।
पीपल म्यागजिनसँग कुरा गर्दै एक स्रोतले एनी हाल आफ्नो पति एडम शुल्म्यान र दुई छोरासँग समय बिताउन व्यस्त रहेको जनाएको छ। एनी र एडमका १० वर्षीय छोरा जोनाथन र ६ वर्षीय छोरा ज्याक छन्।
स्रोतका अनुसार एनी आफ्नो करियरको वर्तमान अवस्थाप्रति निकै कृतज्ञ छिन्। उनले आफूलाई लाखौं दर्शकका लागि विशेष अर्थ राख्ने फिल्ममा काम गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरेकी छन्। यसैबीच उनका दुई बहुप्रतीक्षित फिल्म ‘द ओडिसी’ (जुलाई १७ मा प्रदर्शन हुने) र ‘भेरिटी’ यस वर्षको अन्त्यतिर रिलिज हुने तयारीमा छन्।
‘द डेभिल वेअर्स प्राडा २’ को प्रचारका क्रममा एनीले आफ्नो गर्भावस्थाको खबरलाई फिल्मभन्दा ठूलो विषय बनाउन चाहिनन्। उनले गर्भावस्थाको घोषणा आफ्नै तरिकाले र आफ्नै समयमा गर्न चाहिन्छीन्।एनीका अनुसार उनी र उनका पति एडम अहिलेको क्षणलाई पूर्ण रूपमा बाँचिरहेका छन्।
“हामी सबै यो समयको भरपूर आनन्द लिइरहेका छौं। म आफ्नो परिवारसँग, सपनाको सहरमा बस्दै, र करियर पनि राम्रोसँग अघि बढिरहेको अवस्थामा अत्यन्त खुसी छु,” उनले बताएकी छन्।











प्रतिक्रिया