न्यु डायमन्डको दुवै टोली सेमिफाइनलमा


काठमाडौं, (नेस) ।

मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगितामा सोमबार न्यु डायमन्डका दुबै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार टिप टप न्यु डायमन्डका युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी दुवैले समान २–२ खेल खेल्दै दुवैमा जितेर अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । न्यु डायमन्ड समूह ‘ए’ तथा न्यु डायमन्ड एकेडेमी समूह ‘बी’ को विजेता बनेका हुन् ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा भएको खेलमा न्यु डायमन्डले अमर ज्योति, नुवाकोटलाई २५–९, २५–११ र २५–५ तथा सरस्वती स्कुल, सिन्धुपाल्चोकलाई २५–५, २५–६ र २५–४ को सोझो सेटमा पराजित गरेको थियो ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले सूर्य विनायक, भक्तपुरलाई २५–१३, २५–४ र

२५–६ तथा गणेश हिमाललाई २५–९, २५–२२ र २५–१४ ले हराएको थियो ।
अन्य खेलमा गणेश हिमालले एलिक्सर एकेडेमीलाई २५–२१, २५–२१ र २५–१६, सरस्वतीले एन्जल्स स्पोर्ट्स एकेडेमीलाई २१–२५, २५–१३, २५–१६ र २५–१७ तथा अमर ज्योतिले एन्जल्सलाई २५–६, २५–२२ र २५–१० ले पाखा लगाए ।