विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत टेक्ससको एटी एन्ड टी स्टेडियममा सोमबार हुने अर्जेन्टिना र अस्ट्रियाबिचको खेल फुटबल इतिहासकै एउटा सुनौलो र ऐतिहासिक क्षण बन्ने निश्चित छ । जहाँ विश्वकै नजर फुटबलका जादुगर लियोनेल मेसीमाथि हुनेछ । अल्जेरियाविरुद्धको ओपनिङ खेलमै सानदार ह्याट्रिक गर्दै विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १६ पु¥याएका मेसीले जर्मनीका दिग्गज खेलाडी मिरोस्लाभ क्लोजको सर्वकालीन कीर्तिमानको बराबरी गरिसकेका छन् ।
अब अस्ट्रियाविरुद्ध केवल एक गोल गरेमा मेसी १७ गोलसहित विश्वकप इतिहासमै सर्वाधिक गोल गर्ने नयाँ किर्तिमानी खेलाडी बन्नेछन् । मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले मेसीलाई नै केन्द्रमा राखेर रोड्रिगो डे पल र अलेक्सिस म्याक एलिस्टार जस्ता ऊर्जावान् मिडफिल्डरहरूको बलियो चक्रव्यूह तयार पारेका छन्, जसले मेसीलाई खुलस्त रूपमा निखार्ने मौका दिनेछ । जोर्डनलाई हराएर बलियो रूपमा प्रस्तुत भएको राल्फ राङ्निकको अस्ट्रियाविरुद्ध जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको साथ पाउँदै मेसीको नजिक उभिएको नयाँ कीर्तिमानको साक्षी बन्न संसारभरका खेलप्रेमीहरू निकै उत्सुक र रोमाञ्चित भएका छन् ।











प्रतिक्रिया