डोटीका स्थानीय तहमा बेरुजुको चाङ

0
Shares

डोटी ।

डोटीका नौवटा स्थानीय तहको बेरुजु रकम १५ करोड रुपियाँभन्दा बढी कायम भएको छ । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदनका अनुसार यस आर्थिक वर्षमा नौवटै पालिकाको १५ करोड ७ लाख २६ हजार ८ सय ६ रुपियाँ बेरुजु कायम भएको हो ।

महालेखा परीक्षकको कार्यालयको विवरणअनुसार आर्थिक वर्ष २०८१-०८२ मा डोटीका पालिकाहरूको जम्मा १० अर्ब ८२ करोड ५९ लाख ८२ हजार रुपियाँ बराबरको लेखापरीक्षण गरिएको हो । यस आर्थिक वर्षमा डोटी जिल्लाको सबैभन्दा बढी बेरुजु पूर्वीचौकी गाउँपालिकाको ३ करोड ४७ लाख ७१ हजार ५ सय ८० रुपियाँ छ भने सबैभन्दा कम बोगटान फुङ्सिल गाउँपालिकाको ३७ लाख ७ हजार ४ सय २२ रुपियाँ रहेको लेखापरीक्षणबाट अवगत भएको छ ।
पुर्वीचौकी गाउँपालिकाको बेरुजु रकममा ३३ लाख ७८ हजार ५ सय ९६ असुल गर्नुपर्ने, २ करोड ३ लाख १३ हजार ७ सय ३१ अनियमित भएको, ९३ लाख ५९ हजार ३ सय ५२ प्रमाण, कागजात पेस नभएको र १७ लाख १९ हजार ९ सय रुपियाँ पेस्की रहेको छ ।

त्यस्तै बोगटान फुड्सिल गाउँपालिकाको १० लाख ७९ हजार ९ सय ४ रुपियाँ असुल गर्नुपर्ने र २६ लाख २७ हजार ५ सय १८ रुपियाँ अनियमित भएको रकम छ । उता सायल गाउँपालिकाको बेरुजु रकम ३ करोड २४ लाख २४ हजार ९ सय १८ रुपियाँ रहेको छ । जसमा असुल गर्नुपर्ने रु. ८० हजार ८ सय ५२, अनियमित १ करोड ८९ लाख ६५ हजार २ सय ४७ रुपियाँ प्रमाण, कागजात पेस नभएको र ९० लाख ९६ हजार रुपियाँ पेस्की रहेको छ ।
जोरायल गाउँपालिकाको २ करोड ३८ लाख ५१ हजार ४ सय ७६ रुपियाँ बेरुजु देखिएको छ । जसअन्तर्गत ३ लाख ३३ हजार ५
९ रुपियाँ असुल गर्नुपर्ने, २ करोड २३ लाख २६ हजार ६८ रुपियाँ अनियमित भएको र ११ लाख ९२ हजार ४ सय ४९ रुपियाँ प्रमाण, कागजात पेस नभएको रहेको छ ।
त्यसै गरी शिखर नगरपालिकाको १ करोड ६६ लाख ५६ हजार २ सय ४४ रुपियाँ बेरुजु देखिएको छ । जुन रकममा ३ लाख ७४ हजार ९ सय २ रुपियाँ असुल गर्नुपर्ने, ८३ लाख ५७ हजार २ सय २५ रुपियाँ अनियमित भएको र ७३ लाख ८ हजार ७ सय रुपियाँ प्रमाण, कागजात पेस नभएको पाइएको छ ।
आदर्श गाउँपालिकाको १ करोड ४३ लाख ५ हजार १६ रुपियाँ बेरुजु आएको छ । आदर्शले ३ लाख ४ हजार ४ सय २४ असुल गर्नुपर्ने, १ करोड ३६ लाख २३ हजार ९ सय ८३ रुपियाँ अनियमित भएको र ३ लाख ७६ हजार ६ सय ९ रुपियाँ प्रमाण, कागजात पेस नभएको छ ।

आर्थिक वर्ष २०८१-०८२ मा जिल्लाको केआई सिंह गाउँपालिकाको रु. १ करोड २३ लाख ७ हजार ३ सय १५ रुपियाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यसअन्तर्गत १० लाख ५४ हजार २ सय ५१ रुपियाँ असुल गर्नुपर्ने, ५९ लाख १० हजार ३ सय ७३ रुपियाँ अनियमित भएको र ५३ लाख ४२ हजार ६ सय ९१ रुपियाँ प्रमाण, कागजात पेस नभएको पाइएको छ ।

बडीकेदार गाउँपालिकाको रु. ७२ लाख ३७ हजार ५ सय ३५ बेरुजु कायम भएको छ । बडीकेदारले ६ लाख २६ हजार ८ सय ८२ रुपियाँ असुल गर्नुपर्ने, ५४ लाख २६ हजार ५ सय ५ रुपियाँ अनियमित भएको, १० लाख ३४ हजार १ सय ४८ रुपियाँ प्रमाण, कागजात पेस नभएको र १ लाख ५० हजार रुपियाँ पेस्की रहेको छ ।
त्यस्तै दीपायल सिलगढी नगरपालिकाको ५४ लाख ६४ हजार २ सय रुपियाँ बेरुजु भएको छ । जुन रकमको ४ लाख ३१ हजार ३ सय ७३ असुल गर्नुपर्ने, २७ लाख १३ हजार ५ सय ६ रुपियाँ अनियमित भएको, २१ लाख ९१ हजार ३ सय २१ रुपियाँ प्रमाण, कागजात पेस नभएको र १ लाख २८ हजार ९ सय रुपियाँ पेस्की रहेको छ । डोटी जिल्लाका नौवटै पालिकाको हालसम्मको जम्मा बेरुजु रकम १ अर्ब ३० करोड ६९ लाख ५४ हजार ४७ रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०८०÷०८१ सम्म १ अर्ब १५ करोड ६२ लाख २७ हजार २ सय ४१ रुपियाँ बेरुजु रहेकोमा आर्थिक वर्ष २०८१÷०८२ मा १५ करोड ७ लाख २६ हजार ८ सय ६ रुपियाँ बेरुजु थप भएकोमा उक्त बेरुजु कायम भएको हो ।

हालसम्म जिल्लाको सबैभन्दा बढी बेरुजु रकम हुने स्थानीय तह शिखर नगरपालिका भएको छ । २०८०÷०८१ मा २६ करोड १० लाख २९ हजार २ सय ७६ रुपियाँ बेरुजु रहेकोमा आर्थिक वर्ष २०८१-०८२ मा १ करोड ६६ लाख ५६ हजार २ सय ४४ रुपियाँ थप भएसँगै बेरुजु रकम २७ करोड २० लाख ३० हजार ९ सय ६५ रुपियाँ भएको छ । यस आर्थिक वर्ष शिखर नगरपालिकाले ९४ लाख ७१ हजार ९ सय ७५ रुपियाँ बेरुजु फस्र्यौट गरेको हो ।

जिल्लाकै सबैभन्दा कम बेरुजु रकम दीपायल सिलगढी नगरपालिकाको ७ करोड ८५ लाख १५ हजार १ सय ७८ रहेको छ । दीपायल सिलगढीमा आर्थिक वर्ष २०८०÷०८१ मा ८ करोड २५ लाख २२ हजार ९ सय ५३ रुपियाँ बेरुजु रहेकोमा आर्थिक वर्ष २०८१÷०८२ मा ९४ लाख ७१ हजार ९ सय ७५ रुपियाँ फस्र्यौट गरेको छ भने ५४ लाख ६४ हजार २ सय रुपियाँ थप भएको छ ।

आर्थिक वर्ष २०८१-०८२ मा ७२ लाख ३७ हजार ५ सय ३५ रुपियाँ थप भएसँगै बडीकेदार गाउँपालिकाको बेरुजु रकम १८ करोड १७ लाख ९१ हजार ७ सय ६२ रुपियाँ पुगेको छ । यस आर्थिक वर्ष पालिकाले ७ लाख ८६ हजार ७ सय ६१ रुपियाँ फस्र्यौट गरेको छ । महालेखा परीक्षकको प्रतिवेदनका अनुसार बोगटान फुड्सिल गाउँपालिकाको बेरुजु रकम रु. १५ करोड ८२ लाख ४५ हजार १ सय ९७ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म बोगटान फुड्सिलको बेरुजु १५ करोड ४५ लाख ३७ हजार ७ सय ७५ रुपियाँ थियो ।

त्यस्तै सायल गाउँपालिकाको जम्मा बेरुजु १५ करोड ४७ लाख ३४ हजार ९ सय १८ पुगेको छ । १२ करोड २३ लाख ३२ हजार रुपियाँमा आर्थिक वर्ष २०८१÷०८२ मा ३ करोड २४ लाख २४ हजार ९ सय १८ थप भएको हो । २२ हजार सम्परीक्षणबाट घटेको छ । आर्थिक वर्ष २०८१-०८२ मा ३ करोड ४७ लाख ७१ हजार ५ सय ८० रुपियाँ थप भई पूर्वीचौकी गाउँपालिकाको बेरुजु रकम १५ करोड २८ लाख ४४ हजार ४ सय ३२ रुपियाँ कायम भएको छ । यस आर्थिक वर्ष सम्परीक्षणबाट पूर्वीचौकी गाउँपालिकाको १ करोड २४ लाख ७९ हजार ५ सय ९७ रुपियाँ घटेको छ ।

आदर्श गाउँपालिकाको जम्मा बेरुजु रकम रु. १२ करोड ९२ लाख १९ हजार ९ पुगेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८१-०८२ मा १ करोड ४३ लाख ५ हजार १६ रुपियाँ थप भएको हो । जोरायल गाउँपालिकाको हालसम्मका बेरुजु ९ करोड ४५ लाख ६२ हजार ७ सय ६० रहेको छ । आर्थिक वर्ष २०८१-०८२ मा सम्परीक्षणबाट एकैपटक १० करोड ३ लाख ८७ हजार ए१ सय ४९ रुपियाँ फस्र्यौट गरेकोमा २ करोड ३८ लाख ५१ हजार ५ सय ७६ थप भएको छ ।

केआई सिंह गाउँपालिकाको जम्मा बेरुजु रकम ८ करोड ५० लाख ९ हजार ८ सय २६ कायम भएको छ । ७ करोड २७ लाख २ हजार ५ सय ११ रुपियाँ बेरुजु रकममा आर्थिक वर्ष २०८१-०८२ मा एक करोड २३ लाख ७ हजार ३ सय १५ रुपियाँ थप भएको हो ।