काठमाडौं, (नेस) ।
मोडर्न इन्डियन स्कूलले आयोजना गरेको एमआईएस कप सम्पन्न भएको छ । विभिन्न खेलहरू समावेश सो प्रतियोगिताअन्तर्गत् जुनियर ब्वाइजको चेस उपाधि पुष्पसदन स्कूलका हार्दिक पन्तले जितेका छन् ।
यस्तै, गल्र्सतर्फ मोडर्न इन्डियन स्कूल (एमआईएस) की तनिश्का झाले एमआईएसकै जुनुषा थाङसालाई हराएर उपाधि जितिन् । सिनियर ब्वाइजको उपाधि एमआईएसका आशिष गुप्ताले आर्यन अग्रवाललाई हराएर उपाधि जिते । गल्र्सतर्फ त्रियोग स्कूलकी परिधि खत्रीले एमआईएसकी श्रीपर्णा दासलाई फाइनलमा पराजित गरेर उपाधि जितिन् ।
ब्याडमिन्टनतर्फ जुनियर ब्वाइजमा डीएभी स्कूलका आयुष पौड्याललाई हराएर एमआईएसका बिलिफ बिक्रम अधिकारी विजेता बने । सिनियर ब्वाइजमा जेम्सका सत्यम कार्कीलाई पराजित गरेर एमआईएसका रायन नाथले उपाधि जिते ।
गल्र्सतर्फ जुनियरमा एमआईएसका ग्रिष्मा अधिकारी र सानिया महर्जन क्रमशः पहिलो र दोस्रो भए । सिनियरमा सेन्ट मेरिजकी शिवलिका गिरी विजेता बन्दा डीएभीकी युषाना महाजन दोस्रो स्थानमा रहिन् ।
टेबल टेनिसतर्फ जुनियर ब्वाइजमा पहिलो स्थान एमआईएसका सम्भव जैनले प्राप्त गरेका छन् । दोस्रो स्थानमा पनि एमआईएसका आयांश मित्तलले प्राप्त गरे । गल्र्समा जेम्सकी सुहाना महर्जन पहिलो भइन् । सिनियर गल्र्समा सेन्ट मेरिजकी सुरम्य शाक्यले यूनाइटेड एकेडेमीकी युमना खड्कालाई हराएर उपाधि हात पारिन् ।











प्रतिक्रिया