ब्राजिलको ३–० सहज जित, हाइटी पराजित


काठमाडौँ।

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान फिलाडेल्फियामा भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गरेको छ। ब्राजिलका म्याथियस कुन्हाले २३औँ र ३६औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई मजबुत अग्रता दिलाए भने भिनिसियस जुनियरले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपे।

दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन र ब्राजिलले खेलभर बलमा पूर्ण नियन्त्रण कायम राख्यो। हाइटीले केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेन। ब्राजिलले थप दुई गोल गरे पनि ती अफसाइडका कारण मान्यता पाएनन्।