ब्राजिल पहिलो हाफमै ३–० ले अगाडि


काठमाडौं ।

फिफा विश्वकप २०२६ अन्तर्गत हाइटीविरुद्धको खेलमा ब्राजिलले पहिलो हाफमै ३–० को अग्रता बनाएको छ। फिलाडेल्फिया स्टेडियममा जारी खेलमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे।

कुन्हाले २३औं र ३६औं मिनेटमा गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफको इन्जुरी समयमा भिनिसियसले गोल थप्दै अग्रता ३–० पुर्‍याए। ब्राजिलले पहिलो हाफभरि खेलमा स्पष्ट दबाब कायम राखेको थियो।