काठमाडौँ।
अटलान्टामा सम्पन्न पुरुष विश्वकपअन्तर्गत चेक गणतन्त्र र दक्षिण अफ्रिकाबीचको खेलमा मुख्य रेफ्री टोरी पेन्सो तथा सहायक रेफ्री ब्रुक मेयो र क्याथ्रिन नेस्बिटले इतिहास रचेका छन्। विश्वकपको एक खेलमा सम्पूर्ण अन-फिल्ड रेफ्री टोली महिलाको रहेको यो दुर्लभ अवसरले विश्व फुटबलमा नयाँ अध्याय थपेको छ।
अमेरिकी रेफ्री टोरी पेन्सो पुरुष विश्वकपको खेल सञ्चालन गर्ने इतिहासकी दोस्रो महिला मुख्य रेफ्री बनेकी छन्। वर्षौँको मेहनत, उत्कृष्ट प्रदर्शन र अन्तर्राष्ट्रिय अनुभवका आधारमा उनीहरूलाई यो जिम्मेवारी दिइएको हो।
खेल १–१ को बराबरीमा सकिए पनि खेलपछिको मुख्य चर्चा महिला रेफ्री टोलीकै उपलब्धिको भयो। फुटबल विश्लेषकहरूले यसलाई प्रतिनिधित्व मात्र नभई योग्यताको जितका रूपमा व्याख्या गरेका छन्।











प्रतिक्रिया