काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल केही बेरमा प्रकाशित गर्ने भएको छ । उच्च स्रोतका अनुसार अबको एकघण्टामा परीक्षाफल प्रकासित हुनेछ । परीक्षा सञ्चालन भएको ३५ दिनमा परीक्षाफल प्रकाशित भएको हो । परिक्षामा करिब ६० प्रतिशत बढी विद्यार्थी उतिर्ण हुने सम्भावना रहेको छ ।
ढिलोमा असार १० गतेभित्र गर्ने तयारी गरेको थियो , आज ५ गतेनै भयो–स्रोतले न्युजअफ नेपालसंग भन्यो । ३५ दिनमा परीक्षाफल प्रकाशित भएको हो । परीक्षाफलको अन्तिम तयारी बैठक जारी छ । सबै बोर्ड सदस्यले रिजल्ट कपीमा हस्ताक्षर गरेपछि सार्बजनिक हुनेछ ।
बैशाख १४ देखि २७ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागि थिए । परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थी सहभागि थिए । सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६४ हजार ३३८ परीक्षार्थी सहभागी हुदैछन् ।
देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दाकम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो । बोर्डले यो विगतमा छिटोमा ३ महिनामा हुने परीक्षाफल यो वर्ष ३५ देखि ४० दिनमा गर्ने तयारी गरेको छ । सकेसम्म यो सातामै परीक्षाफल प्रकासित भैसक्नेगरी आन्तरिक तयारी भैरहेको छ ।

बोर्डका अनुसार २०८३ वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७० परीक्षार्थी सहभागी भएका थिए ।
प्रकाशित नतिजाअनुसार नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो कुल सहभागीमध्ये ६४.१३ प्रतिशत हो ।
बोर्डका अनुसार नियमिततर्फ ३० र आंशिकतर्फ १० गरी ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
१२ कक्षाको नतिजा (२०८३): ३,३२,२४१ विद्यार्थीमध्ये ठूलो संख्यामा ‘NG’, GPA 3.21–4 समूहमा ८२ हजारभन्दा बढी
२०८३ सालको कक्षा १२ को ग्रेड समूहगत नतिजा सार्वजनिक गरिएको छ। कुल ३,३२,२४१ विद्यार्थीमध्ये सबैभन्दा ठूलो संख्या १,००,४७१ विद्यार्थी ‘NG (Not Graded)’ मा परेका छन्।
GPA अनुसार ३.६१ देखि ४.० सम्म ल्याउने १७,७८६ विद्यार्थी रहेका छन् भने ३.२१ देखि ३.६० बीच GPA ल्याउने ६४,८२१ विद्यार्थी छन्। त्यसैगरी २.८१ देखि ३.२० GPA समूहमा ९४,२४९ विद्यार्थी रहेका छन्।
२.४१ देखि २.८० GPA ल्याउने ५०,५९७ विद्यार्थी छन् भने २.०१ देखि २.४० GPA समूहमा ४,३०८ विद्यार्थी परेका छन्। १.६१ देखि २.०० GPA ल्याउने केवल ९ विद्यार्थी मात्र रहेका छन्।












प्रतिक्रिया