काठमाडौं ।
नेपाल एकेडेमी अफ टुरिजम, होटल एण्ड माउन्टेनियरिङले “न्याथम ईन्दोर क्रीकेट च्याम्पियनसीप २०२६“ आयोजना गर्ने भएको छ ।
प्रतियोगिता भाद्र ९ गते देखि भाद्र ११ गते सम्म काठमाडौकोन भेलोसिटी क्रिकेट एरिनामा हुनेछ । प्रतियोगितामा देशभरका स्नातक तहका १६ कलेज टोली सहभागी हुनेछन् । प्रतियोगिता समूह चरण र त्यसपछि नकआउट चरणको आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ८० हजार तथा उपविजेताले रु. ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै, प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट ब्याट्सम्यान र बेस्ट बलर लाई पनि विशेष व्यक्तिगत पुरस्कार प्रदान गरिनेछ ।
यस प्रतियोगिताको मुख्य उद्देश्य कलेजस्तरीय क्रिकेट खेलाडीहरूलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउनुका साथै कलेजहरूबीचको सहकार्य तथा सम्बन्धलाई थप मजबुत बनाउनु रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको दर्ता पहिलो आउने, पहिलो प्राथमिकताको आधारमा खुला गरिएको छ । सीमित १६ टोली मात्र सहभागी हुने भएकाले इच्छुक कलेजहरूलाई समयमै दर्ता गराउन आग्रह गरिएको छ । प्रतियोगिताका प्राविधिक निर्देशक रबिन्द्र गुप्ताले न्याथम ईन्दोर क्रीकेट च्याम्पियनसीप २०२६ ले कलेजस्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले प्रतियोगितालाई केवल उपाधिको प्रतिस्पर्धा मात्र नभई अनुशासन, खेलभावना, नेतृत्व क्षमता र टोलीभावनाको विकास गर्ने महत्वपूर्ण मञ्चका रूपमा लिइएको बताए । “हामी सहभागी सबै टोलीलाई निष्पक्ष, व्यवस्थित र उच्चस्तरीय प्रतिस्पर्धाको अनुभव दिलाउन प्रतिबद्ध छौं। यो प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान गर्नुका साथै नेपाली क्रिकेटको भविष्य निर्माणमा सकारात्मक योगदान पु¥याउने विश्वास लिएका छौं,“ गुप्ताले बताए । प्रतियोगितालाई थप आकर्षक बनाउन प्रत्यक्ष प्रसारण, फुड स्टल, मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिनेछन् ।











प्रतिक्रिया