काठमाडौं।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत आफ्ना बीमित हरि प्रसाद काफ्लेलाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार काफ्लेले विसं २०७६ सालमा काठमाडौं शाखामार्फत ‘रिलायबल सुलभ जीवन बीमा योजना’ अन्तर्गत २० वर्षे अवधिको १ करोड रुपैयाँ बीमाङ्क भएको जीवन बीमा गरेका थिए। उनले उक्त योजनासँगै पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख रुपैयाँ बराबरको अतिरिक्त सुरक्षा सुविधा पनि लिएका थिए।
केही समयअघि काफ्लेलाई पार्किन्सन रोग देखिएको थियो। कम्पनीका अनुसार चिकित्सकीय मूल्याङ्कनपछि उनको अवस्था पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्डअनुसार रहेको पुष्टि भएपछि बीमा सम्झौताबमोजिम ५० लाख रुपैयाँ दाबी रकम भुक्तानी गरिएको हो।
दाबी भुक्तानीसँगै काफ्लेले ५० लाख रुपैयाँ बराबरको बीमा शुल्क छुट सुविधा समेत प्राप्त गरेका छन्। कम्पनीले यो सुविधा बीमा अवधिभर लागू हुने जनाएको छ।
रिलायबल नेपाल लाइफले छिटो, पारदर्शी र विश्वासयोग्य दाबी भुक्तानी सेवामार्फत आफ्ना बीमितप्रतिको दायित्व निर्वाह गर्दै आएको जनाएको छ। साथै, भविष्यमा पनि ग्राहक तथा उनीहरूका परिवारलाई आवश्यक परेको कठिन समयमा भरपर्दो आर्थिक सुरक्षा उपलब्ध गराउने प्रतिबद्धता कायम रहने कम्पनीको भनाइ छ।











प्रतिक्रिया