धादिङ ।
धादिङ जिल्लामा संचालित सबै किसिमका पूर्वाधारका कार्यक्रम र तथा योजनाहरुको प्रगति ८५ प्रतिशतभन्दा बढी बनाउन सम्बन्धित कार्यालयहरुले प्रतिबद्धता जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङमा शुक्रवार आयोजित गत आर्थिक वर्षको समीक्षा र चालु आर्थिक वर्षको योजनाहरुको बारेमा जानकारी दिँदै चालु आर्थिक वर्ष २०८३।८४ को भौतिक तथा वित्तीय प्रगति ८५ प्रतिशतभन्दा बढी हुनेगरि कार्यक्रम कार्यान्वयन योजना बनाउने र लागु गरिने सम्बन्धित कार्यालयहरुले प्रतिबद्धता जनाएका हुन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय को अध्यक्षतामा भएको कार्यक्रममा धादिङ २ का प्रतिनिधि सभा सदस्य बोधनारायण श्रेष्ठले सडक, भवन, खानेपानी, सिंचाई, लगायतका प्रदेश, संघीय सरकारका योजनाहरु कार्यान्वयन गर्दा योजना विशेष ध्यान दिन अनुरोध गर्नुभयो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नौबिसे मुग्लिन सडक आयोजना विद्युत् पोल अझै नहटाएका कारण काम रोकिएको र बिटोमिनको अभावले सडक आयोजनाको भनेजति प्रगति नभएको जानकारी गराइएको छ ।
खानेपानी, जलाधार, सिंचाइ, तथा शहरी विकास तथा पूर्वाधारका प्रदेश तथा संघीय कार्यालयबाट भएका योजना तथा यस वर्ष संचालन गरिने योजनाबारे जानकारी सहितको समीक्षा कार्यक्रममा उपभोक्ता समिति तथा ठेक्का प्रणालीबाट संचालन भएका योजनाहरुको प्रभावकारी अनुगमन, फिल्ड स्तरमा अनुगमन पुस्तिका र अनुगमन कर्ताले अनिवार्य शुभाव दिने विषयहरु छलफल भएको थियो ।

प्रतिनिधि सभामा निर्वाचित सांसद बोधनारायण श्रेष्ठ र आशिका तामाङ, सुरक्षा निकार्यका प्रमुखहरु, कार्यालय प्रमुखहरु मात्र सहभागी भएर समीक्षा गरिएको थियो ।











प्रतिक्रिया