काठमाडौं।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको तराईका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि चट्याङ्गसहित वर्षा हुन सक्ने जनाइएको छ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका तराईका केही स्थानमा तातो दिन रहने सम्भावना छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रही केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्। कोशी प्रदेशको तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।











प्रतिक्रिया