बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

3.01k
Shares

खोटाङ।

बैंकिङ कसुरको आरोपमा फरार रहेका खोटाङका एक युवा पक्राउ परेका छन्। रामेछापको मन्थलीमा दर्ता भएको जाहेरीका आधारमा हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका २७ वर्षीय सरोज राईलाई प्रहरीले पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालय हलेसीको टोलीले राईलाई बिहीबार हलेसी तुवाचुङ नगरपालिका–२ स्थित दाम्लीबाट पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पक्राउ परेका राईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि शुक्रबार जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी टोलीलाई जिम्मा लगाइएको छ।

प्रहरी निरीक्षक निराजन बस्नेतका अनुसार रामेछापकी बेलुमाया राईले सरोज राईविरुद्ध बैंकिङ कसुरसम्बन्धी जाहेरी दर्ता गराएकी थिइन्। उक्त जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय खोटाङ मातहतको ईलाका प्रहरी कार्यालय हलेसीको टोलीले उनलाई पक्राउ गरेको हो।