कोलम्बिया पहिलो हाफमै अग्रता कायम


काठमाडौं ।

फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोको एस्टेडियो एज्टेका मा जारी खेलमा कोलम्बियाले उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा १–० को अग्रता बनाएको छ।

कोलम्बियाका डेनियल मुनोजले ४०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। उनले लुइस डियाज को पासमा वान–टच फिनिसिङ गरेका थिए।

विश्वकपमा पहिलो पटक सहभागी भएको उज्बेकिस्तानले डेब्यु खेल खेलिरहेको छ। उज्बेकिस्तानका प्रशिक्षक फाबियो क्यानाभारोहुन्, जसले सन् २००६ मा इटालीलाई विश्वकप उपाधि दिलाउँदा कप्तानी गरेका थिए।