काठमाडौँ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय रेखा, स्थानीय तथा पूर्वीय वायुको प्रभावका कारण आज देशका पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
कोशी तराई र मधेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।











प्रतिक्रिया