काठमाडौं ।
राहदानी छपाइ तथा आपूर्ति ठेक्कासम्बन्धी करोडौँ रुपैयाँको अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल लाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
स्रोतका अनुसार अख्तियारले सोमबार विभागबाट सम्बन्धित कागजात नियन्त्रणमा लिएपछि मंगलबार अर्यालसँग सोधपुछ सुरु गरेको हो। यस प्रकरणमा राहदानी छपाइसँग सम्बन्धित कम्पनी भेरिडोसका सञ्चालक सिद्धार्थ थापा, विभागका निर्देशक सोमेश थापा तथा सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी लाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ।
अख्तियारले राहदानी खरिद, छपाइ तथा आपूर्ति प्रक्रियासम्बन्धी निर्णय, कागजात र आर्थिक कारोबारका पक्षमा केन्द्रित भएर विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।











प्रतिक्रिया