खोटाङ ।
खोटाङका उत्तरी क्षेत्रमा असारको सुरुमै धान रोपाईं सकिन थालेको छ । चाँडो बर्षा भएका कारण त्यस भेगका कतिपय किसानहरुले जेठ महिनामै रोपाईं सकेका हुन् ।



दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी सोही नगरपालिका–१० पाथेका लगायतका अन्य किसानहरु समेत हाल रोपाईं सक्ने क्रममा रहेका छन् । जिल्लाका किसानहरु अहिले रोपाईं गर्न खेतमा ब्यस्त रहेको जनाईएको छ । अन्य बर्षहरुको तुलनामा यस बर्ष समयमै रोपाईं सकिएको खार्मीका स्थानीय देउलक्षी राईले बताउनुभयो । खोटाङमा साउन मसान्तसम्म रोपाईं गरिने वगरिन्छ ।
१० स्थानीय तह रहेको जिल्लामा १२ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा रोपाईं हुने गरेको कृषि ज्ञान केन्द्र खोटाङको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा कुल १४ हजार एक सय ५९ हेक्टर खेत भए पनि १२ हजार आठ सय ९८ हेक्टरमा धान लगाउने गरिएको छ ।
बेलामा धान रोप्न पाउँदा किसान उत्साहित छन् । जिल्लाको लेकाली क्षेत्रमा चाँडै रोपाईं सकिने गरेको छ । हाल बेँसीमा धमाधम रोपाइ जारी रहेको किसानहरुको भनाई छ ।
जिल्लामा अटेमार्सी, मनकामना, मकवानपुरे, ताइचिन, रनजित लगायतका धान रोप्ने गरिन्छ । सिञ्चित ११ हजार चार सय हेक्टर र आकाशे पानीको भरमा रोपार्इं हुने तीन हजार आठ सय दुई हेक्टर क्षेत्रमा धान रोपाई हुने गरेको छ ।।











प्रतिक्रिया