काठमाडौं ।
फ्रान्सको एभियानमा हुने जी–७ शिखर सम्मेलनको विरोधमा स्विट्जरल्याण्डको जेनेभामा आइतबार विशाल प्रदर्शन गरिएको छ। ‘नो जी–७ गठबन्धन’को नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले ‘जी–७ लाई अस्वीकार गरौँ’ लगायतका नारा लगाएका थिए।
सुरुमा शान्तिपूर्ण रहेको प्रदर्शनका क्रममा पछि केही विस्फोटका आवाज सुनिनुका साथै एक टेस्ला कारमा आगजनी गरिएको थियो। प्रहरीले प्रदर्शनस्थल नजिकबाट चक्कु, बञ्चरो, ग्यास क्यानिस्टर र पटाका बरामद गरेको जनाएको छ।
प्रदर्शनका कारण जेनेभाको सार्वजनिक यातायात सेवा प्रभावित भएको थियो। जी–७ सम्मेलनलाई लक्षित गर्दै स्विस अधिकारीहरूले सुरक्षा व्यवस्था कडा बनाएका छन्।











प्रतिक्रिया