गृहमन्त्री सुदन गुरुङ रसुवागढी अवलोकन पश्चात् काठमाडौँ फर्किए 

0
Shares

रसुवा। 

रसुवाको स्थलगत निरीक्षण तथा अनुगमनका लागि रसुवा आएका गृहमन्त्री सुदन गुरुङ आफ्नो भ्रमण सम्पन्न गरी काठमाडौं फर्किएका छन् ।

गृहमन्त्री गुरुङले रसुवागढी नाका तथा रसुवा भन्सार यार्डको स्थलगत निरीक्षण गर्दै पछिल्लो समय भोटेकोशी नदीमा आएको बाढी तथा विभिन्न घटनाका कारण प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिएका थिए। 

निरीक्षणका क्रममा उनले भोटेकोशी नदीबाट बगाएर ल्याइएका सवारीसाधनहरूको अवस्थाका साथै सुरक्षा, उद्धार तथा खोजी कार्यको प्रगतिबारे सम्बन्धित निकायसँग जानकारी लिएका थिए।

यसै क्रममा गृहमन्त्री गुरुङले भोटेकोशी नदीमा बेपत्ता भएको ईभी गाडी तथा चालकको खोजी कार्यलाई नरोक्न सम्बन्धित सुरक्षा निकाय तथा उद्धार टोलीलाई निर्देशन दिएका छन्। घटनाको वास्तविक अवस्था पत्ता नलागेसम्म खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन र आवश्यक स्रोत–साधनको प्रभावकारी परिचालन गर्न उनले निर्देशन दिनुभएको जनाइएको छ।

 उनले रसुवागढी नाका तथा रसुवा भन्सार यार्ड क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा तथा व्यवस्थापनमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

रसुवामा पछिल्लो समय भएका प्राकृतिक विपद् तथा दुर्घटनाका घटनालाई मध्यनजर गर्दै गृहमन्त्रीको स्थलगत निरीक्षण तथा सम्बन्धित निकायलाई दिइएको निर्देशनलाई महत्त्वपूर्ण रूपमा हेरिएको र स्याफ्रुवेसि रसुवागढी मैलुङ सडक अवलाेक गर्दै काठमाडौँ फर्कनु भएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए।