प्रसिद्ध युट्युबर तथा बक्सर जेक पलले आफ्नी मंगेतर तथा डच स्पिड स्केटर जुट्टा लीरडाममाथि गरेको रमाइलो ‘शावर प्र्याङ्क’ सामाजिक सञ्जालमा भाइरल बनेको छ।
जेकले मंगलबार आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा जुट्टा बिकिनी लगाएर खुला आकाशमुनि नुहाइरहेकी देखिन्छिन्। उनी श्याम्पु पखाल्दै गर्दा जेकले आफ्नो बडी केयर ब्रान्डका उत्पादन लिएर पछाडिबाट लगातार साबुन खन्याइदिन्छन्।
साबुन झन् बढ्दै गएपछि जुट्टा अचम्मित हुँदै “यो के भइरहेको छ?” भन्दै प्रतिक्रिया दिन्छिन्। आँखाबाट फिँज हटाएपछि उनले जेकलाई देखेर आश्चर्य व्यक्त गर्दै हाँस्दै गालीसमेत गरेकी भिडियोमा देखिन्छ।
यो भिडियो योजनाबद्ध प्रचार अभियान हुन सक्ने अनुमान गरिए पनि धेरैले यसलाई प्रेमी–प्रेमिकाबीचको रमाइलो क्षण भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।
गत महिना मात्रै इन्गेजमेन्ट गरेका जेक र जुट्टाले विवाहका लागि भने हतार नगर्ने बताएका छन्। उनीहरूको यो रमाइलो भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ।











प्रतिक्रिया