सडक दुर्घटनामा आमाकाे मृत्यु छोरी घाइते


नवलपरासी। 

पूर्वी नवलपरासीको गैडाकाेट ११ मा भएको सडक दुर्घटनामा परि आमाकाे मृत्यु भएको छ भने स्कुटर चालक छोरी घाइते भएकी छन् ।

दुर्घटनामा परि हुप्सेकाेट गाउँ पालिका १ बेलुवा निवासी ७७ वर्षीया सावित्री भुसालकाे उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ अनिल पण्डितका अनुसार आइतबार बेलुका पश्चिमबाट पुर्व जाँदै गरेकाे युपी ५७ सिडी ९०१० भारतीय नम्बर प्लेटकाे कारले ग. प्र.०४-००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

कारकाे ठक्करबाट चालक ४० वर्षकी छोरी सानू भनिने सीता भुसाल र स्कुटरमा सवार आमा सावित्री घाइते भए पछि दुवै जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकाे थियो ।

घाइते चालक सीता भुसालकाे टाउकाे र हातमा चाेट लागेकाे र अवस्था मध्यम रहेकाे बताइएको छ ।

प्रहरीले भारत उत्तर प्रदेश खुसीनगर निवासी ४३ वर्षीय कार चालक करूणा निधान मिश्र र दुवै सवारीलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा अघि बढाइएको जनाएको छ ।